१६ सचिवको सरुवा

काठमाडौं– सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सचिवहरुको व्यापक सरुवा गरेको छ । यो बैठकका निर्णय सार्वजनिक भइसकेका छैनन् तर स्रोतहरुका अनुसार यसपटक १६ सचिवहरुको एकैपटक सरुवा गरिएको छ । 

सरुवामा पर्नेमा वाणिज्य तथा आपूर्ति सचिव केदारबहादुर अधिकारी छन् । केही महिनअघि स्वास्थ्य मन्त्रालयबाट वाणिज्यमा ल्याइएका अधिकारीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालय लगिएको छ । पर्यटनका सचिव मोहनकृष्ण सापकोटालाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा सारिएको छ । 

शिक्षा मन्त्रालयका सचिव खगराज बराललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लगिएको छ । उनको ठाउँमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहाललाई ल्याइएको छ । जनसंख्याका सचिव रामप्रसाद थपलियालाई युवा तथा खेलकुद मन्त्रालय सरुवा गरिएको छ । युवा तथा खेलकुद मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले केही दिनअघि मात्र अनिवार्य अवकाश पाएका थिए ।

त्यस्तै, प्रदेश ३ का प्रमुख सचिव आनन्दराज ढकाललाई लोकसेवा आयोगमा ल्याइएको छ, प्रदेश पाँचका मुख्य सचिव डा. तीर्थराज ढकाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव हरि पौडेललाई राष्ट्रपति कार्यालय र राष्ट्रपति कार्यालयका सचिव विनोद केसीलाई श्रम तथा रोजगार मन्त्रालय सरुवा गरिएको छ । 





  • प्रकाशित मिति : भदौ ४, २०७६ बुधबार ९:२१:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया