भारतीय विदेशमन्त्रीले भेटे प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ । 

नेपाल भारत संयुक्त बैठकमा भाग लिन काठमाडौं आइपुगेका जयशंकर र प्रधानमन्त्री ओलीबीचको भेट प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार भएको हो । 

भारतमा नरेन्द्र मोदीको दोस्रो कार्यकालमा विदेशमन्त्रीको जिम्मेवारी पाएका जयशंकर विदेशमन्त्रीको हैसियतमा पहिलो पटक नेपाल भ्रमणमा आएका हुन् । भारतले नेपालमाथि नाकाबन्दी गर्दा उनको विशेष भूमिका रहेको मानिन्छ । 

नेपाल भारत संयुक्त बैठक बुधबार र बिहिबार हुँदैछ । यो बैठकको अध्यक्षता नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र जयशंकरले गर्दै छन् । 

जयशंकरले यो भ्रमणमा राष्ट्रपति विद्यादेवी भण्डारीलगायत अन्य शीर्ष नेताहरुलाई पनि भेट्ने कार्यक्रम रहेको छ ।





  • प्रकाशित मिति : भदौ ४, २०७६ बुधबार १४:५६:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया