नेविसंघको केन्द्रीय समिति भदौकाे तेस्रो साता आउने

काठमाडौं– कांग्रेसले दोस्रो चरणको राष्ट्रिय जागरण अभियान अगाडि नेविसंघको केन्द्रीय कार्यसमिति गठन गर्ने तयारी गरेको छ । 

कांग्रेसले भदौ २४ गतेबाट दोस्रो चरणको राष्ट्रिय जागरण अभियान सुरु गर्दै छ । सो मितिअगावै नेविसंघको केन्द्रीय कार्यसमिति गठन गर्ने तयारी रहेको कांग्रेसका एक नेताले बताए । 

अघिल्लो वर्षको भदौ २ गते नैनसिंह महर नेतृत्वको संघको दुई वर्षे कार्यकाल सकिएपछि पार्टीले नेविसंघको कार्यकाल तीन महिना थप गरेर सो अवधिमा महाधिवेशन  सम्पन्न गर्न नेविसंघ केन्द्रीय समितिलाई निदैृशन दिएको थियो । समितिले निर्धारित मितिमा महाधिवेशन सम्पन्न गर्न नसकेपछि नेविसंघको म्याद माघ २ गतेसम्मका लागि थप गरिएको थियो । 

दोस्रो पटक थप गरिएको समयावधिमा पनि महाधिवेशन गर्न नसके संघका अध्यक्ष महरले राजीनामा गरेका थिए । लगत्तै माघ १० गते बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले नेविसंघको केन्द्रीय कार्यसमिति विघटन गरेको थियो । 

अहिले नेविसंघ गठनको प्रमुख मुद्दा उमेर विवाद भएके  । उमेर विवादकै कारण कांग्रसले विद्यार्र्थीहरूलाई समिति गठनमा सहमत गराउन सकेको छैन । संस्थापन पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरहरू एक्पटकका लागि ३२ वर्षमाथिका विद्यार्थी नेता समेटेर केन्द्रीय कार्यसमिति गठन गर्नुपर्ने पक्षमा छन् । तर, नेता कृष्ण सिटौला पक्ष भने कुनै पनि हालतमा उमेरहद लगाउनुपर्ने अडानमा छ ।  

कांग्रेसले आगामी महाधिवेशनबाट लागू हुने गरी नेविसंघमा ३२ वर्षे उमेर हद लागू गरेर विधान पारित गरेको छ । तर, अब बन्ने केन्द्रीय समिति तदर्थ समिति भएकाले त्यसमा विधानले तोकेबमोजिम उमेर हद लगाउनु नपर्ने केही नेताले दाबी गर्दै आएका छन् ।    





  • प्रकाशित मिति : भदौ ४, २०७६ बुधबार १६:४६:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया