काठमाडौं– डा. डिआर उपाध्यायको नयाँ गीत ‘नलाऊ नजर बैमानी’ सार्वजनिक भएको छ । योगेशकाजी र शृंखला जोशीको स्वर तथा सागर अधिकारी ‘शरद’को संगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
निश्चल केसीले निर्देशन गरेको गीतको भिडियोमा शिशिर श्रेष्ठ र रियाशा दाहाललाई फिचरिङ गरिएको छ । ज्ञानेन्द्र शर्मा हुमागाईंले छायांकन गरेको भिडियोलाई अमृत चापागाईंले सम्पादन गरेका छन् । गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ ।
यसअघि नै डा. उपाध्यायका ‘प्रणय’ ‘जखम’, ‘माउन्टेन मेलोडी’, ‘नसालु नजर’, ‘जोहो’, ‘अन्तराप’, ‘प्रतिनाद’, ‘सहेली’, ‘परिष्कृत’, ‘कृति’ र ‘पृथक’जस्ता गीति एल्बम श्रोतारदर्शकमाझ आइसकेका छन् ।
त्यस्तै, उनका ‘अतिरिक्त’, ‘भाग्यचक्र’, ‘स्वार्थी’, ‘त्यागी’, ‘बज्रघात’, ‘अपवित्र छाया’, ‘बिटुली’ ‘दगाबाज’ र ‘अधुरो प्रेम’जस्ता उपन्यास पाठकमाझ आएका छन् ।
‘हिरो २०१९’बाट सम्मानित गीतकार डा. डिआर उपाध्यायले एकै साथ ७ गीति एल्बमका ३६ गीत एकैपटक सार्वजनिक गरेर मिराकल वर्ल्ड रेकर्ड, इन्डिया स्टार वर्ल्ड रेकर्ड, एक्सकुलुसिभ वर्ल्ड रेकर्ड, जिनस वर्ल्ड रेकर्ड र एभरेष्ट वर्ल्ड रेकर्डको प्रमाणपत्र प्राप्त गरिसकेका छन् ।
डा. उपाध्याय गीतकार संघ नेपालको नवौँ वार्षिकोत्सव कार्यक्रममा ‘वर्ष गीत पुरस्कार’बाट पुरस्कृत भएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।