जयशंकरले भेटे राष्ट्रपति भण्डारी

काठमाडाैं– भारतीय विदेशमन्त्री एस जयशंकर र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएकाे छ ।

भेटवार्तामा जयशंकरका साथमा नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरी पिन सहभागी थिए ।  

राष्ट्रपति निवास शीतलनिवास पुगेर जयशंकरले बिहीबार बिहान राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका हुन् ।

नेपाल-भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन बुधबार नेपाल आएका जयशंकर र राष्ट्रपति भण्डारीबीच द्विपक्षीय हितबारे छलफल भएको थियाे । 





  • प्रकाशित मिति : भदौ ५, २०७६ बिहीबार १४:२६:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया