बालाजु औद्योगिक क्षेत्रमा आगलागी, आधा दर्जन गाडी क्षतिग्रस्त

काठमाडौं– काठमाडाैंको बालाजु औद्योगिक क्षेत्रमा बिहीबार आगलागी भएको छ ।

सशस्त्र प्रहरी बलको एम्बुलेन्स मर्मत गर्ने क्रममा ग्यास लिक भएर आगलागी भएको थियो ।

औद्योगिक क्षेत्र भित्र रहेको फोर्स मोटर ग्यारेजमा भएकाे आगलागीबाट ४ वटा नयाँ गाडी र एउटा मोटरसाइकल पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् ।

त्यसैगरी मर्मतको क्रममा रहेको सशस्त्र प्रहरी बलको एम्बुलेन्स पनि क्षतिग्रस्त भएको छ । 

काठमाडौं महानगरपालिका र नेपाली सेनाका दमकलको आगो नियन्त्रणमा लिएको थियो ।





  • प्रकाशित मिति : भदौ ५, २०७६ बिहीबार १७:१:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया