बच्चाहरुलाई 'ह्याप्पी' राख्न श्रीकृष्णकाे जीवनबाट सिक्न सकिन्छ यी कुरा

काठमाडाैं/ हामी अझै पनि भन्ने गर्छौँ कि बच्चा हुँदाको समय निकै राम्रा थिए । न कुनै चिन्ता थियो न कुनै तनाब नै । बस, पढ्यो, घुम्यो, खेल्यो । क्या गज्जव थियो त्यो समय ।

बच्चाहरुलाई सानोमा जति सिर्जनशील र स्वस्थ राख्न सक्यो ठुलो भएपछि उत्तिनै बढी सक्रिय हुन्छन् । सचेत हुन्छन् । थाहा पाइराख्नुहोस् बच्चालाई सिर्जनशील तथा स्वस्थ राख्न अपनाउनुपर्ने उपायहरु ।

१. बच्चाको मन पर्ने र मन नपर्ने कुरा के छन, त्यो पत्ता लगाउनुस् ।

२. बच्चालाई बोट–विरुवा, नदी, पहाड आदिको महत्वबारे भन्नुस् ।

३. बच्चालाई पौष्टिक खाना खुवाउने गर्नुस् ।

तर आजभोलीे बच्चाहरुलाई अभिभावकले बढि निगरानी राख्दा उनीहरुमा क्रिएटिभ मर्ने र बच्चाहरु डिप्रेसनमा जाने खतरा रहन्छ । बच्चाहरुको सम्पूर्ण विकासको लागि केही चिजहरुको हेरविचार गर्न तपाईले छुटाउनै हुन्न ।



श्रीकृष्णको जीवनमा तीन चीजहरु थिए, जुन आज हाम्रो बच्चाको जीवनमा हुनुपर्दछ । पहिलो संगीत जडान । श्रीकृष्णले आफ्नो बचपनमा संगीतको लागी विशेष चासो राखेका थिए । त्यसैले बाँसुरी श्रीकृष्णको प्रिय बन्यो । आफ्नो छोराछोरीलाई पनि संगीतमा ध्यान दिने वातावरण बनाइदिनुस् ।

संगीतबाट मन प्रसन्न रहनुका साथै मनोवैज्ञानिक विकास पनि हुन्छ । तिनीहरुले भावनाहरु बुझ्न थाल्छन् । नन्द र यशोधाले कृष्णको संगीतप्रतिको इच्छालाई कहिल्यै रोकेनन् ।



अर्को कुरा प्रकृतिको निकटता हो । श्रीकृष्ण बाल्यकालमा प्रकृतिको नजिक भएका थिए जस्को कारण प्रकृतिको शान्त स्वभाव उनको व्यक्तित्वमा गयो । हामीले पनि हाम्रा बच्चाहरुलाई खुल्ला वातावरणमा छाडिदिनुपर्छ ।

यमुनामा कल्याण्यांकको उपासना र गोवर्धन पर्वतको पूजा यसैको प्रतिक हो । बच्चाहरुका लागि प्रोत्साहन दिनुहोस् ताकि तिनीहरु आफ्नो वरिपरीको वातावरणलाई सम्झन सकुन र महसुस गरुन ।

तेस्रो र सबैभन्दा महत्वपूर्ण कुरा खाना हो । भगवान कृष्ण बचपनमा मक्खन (नौंनी) धेरै मन पराउथे । उनले मखन चोरेरै पनि खाएको किम्वदन्ती हामीले आज पनि सुन्दै आइरहेका छौँ । आज पनि श्रीकृष्णलाई मूख्यतया मक्खनको नै भोग लगाउने गरिन्छ ।

तपाइको दिमाग त्यतिबेला राम्रो हुन्छ जतिबेला खानेकुरामा पौष्टिक आहरा स्वच्छ हुन्छ । अहिले, बच्चाहरु जङ्क फुड धेरै खान्छन् । यस्ता खानेकुराबाट शक्ति पाइदैन । यसले मोटोपन जस्ता बिरामी मात्रै निम्त्याउने गर्छ ।

यदि तपाईले यी तिन कुराहरुको ध्यान राख्नुभयो भने बच्चाहरुको जिवनमा शान्ति मात्र रहन्छ र उ पछि देशको जिम्मेवार नागरिक बन्न सक्दछ ।

- एजेन्सी

  • प्रकाशित मिति : भदौ ६, २०७६ शुक्रबार ८:५२:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया