कश्मिर मुद्दामा भारतलाई फ्रान्सको साथ

एजेन्सी– भारतले आफ्नो संविधानको अनुच्छेद ३७० निष्प्रभावी गर्दै जम्मु कश्मिरलाई दिएको विशेष राज्यको अधिकार खोसेको छ । त्यसयता भारत र पाकिस्तानबीच चर्को विवाद बढिरहेको छ । 

यही विषयमा विश्वका विभिन्न देशले पनि आफ्नो राय राख्दै आएका छन् । पछिल्लो समय फ्रान्सले यो मुद्दामा भारतलाई साथ दिएको समाचार भारतीय मिडियामा निकै प्राथमिकताका साथ छापिएका छन् । 

बिहिबार राति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग एक संयुक्त विज्ञप्ति निकाल्दै फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले जम्मु कश्मिरको विषय भारत र पाकिस्तानीबीचको विषय भएकाले अन्य देशले यसमा केही बोल्न नमिल्ने बताएका हुन् । 

‘कुनै तेस्रो पक्षले यसमा हस्तक्षेप गर्ने कोशिस गर्नु हुँदैन,’ उनले भनेका छन्, ‘त्यो क्षेत्रमा हिंसा फैलनुबाट पनि रोक्नु जरुरी छ ।’ म्याक्रोनले कश्मिरमा शान्तिका साथै त्यहाँका बासिन्दाको अधिकार हनन हुनु नहुने पनि बताएका छन् । 

भारतीय प्रधानमन्त्री फ्रान्स पुगेको समयमा म्याक्रोनको यो अभिव्यक्ति आएको हो । यसलाई निकै महत्वका साथ हेरिएको छ ।





  • प्रकाशित मिति : भदौ ६, २०७६ शुक्रबार ९:२२:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया