पाकिस्तानी रेलमन्त्रीमाथि लन्डनमा अन्डा प्रहार

एजेन्सी– पाकिस्तानी रेलमन्त्री शेख रशिद अहिले भारतीय र पाकिस्तानी मिडियामा छाएका छन् । यस्तो हुनुको कारण उनीमाथि अन्डा प्रहार हुनु हो । लन्डनमा एक कार्यक्रममा पुगेका रशिदमाथि एउटा होटलको पुरस्कार समारोहमा सहभागी हुँदा आक्रमण भएको हो ।

पाकिस्तानी पिपुल्स पार्टीको युवा संगठन युरोप अध्यक्ष आसिफ अली खान र पार्टीको ग्रेटर लन्डन महिला शाखाकी अध्यक्ष समा नाजले यसको जिम्मेवारी लिएका छन् ।

रशिदले पिपिपीका प्रमुख बिलावल भुट्टोबारे जथाभावी बोलेकाले अन्डाले आक्रमण गरिएको बताइएको छ ।

पकिस्तानी मिडियामा प्रकाशित समाचार अनुसार विरोध जनाउनका लागि बेलायतमा अन्डा फाल्ने परम्परा भएकाले यही गरिएको ती दुई नेताले बताएका छन् । आवामी मुस्लिम लिगले यस घटनाको कुनै भिडियो नभएको तर यसबारे प्रहरीमा उजुरी गरिएको जनाएको छ ।





  • प्रकाशित मिति : भदौ ६, २०७६ शुक्रबार १०:५८:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया