कोशीटप्पुमा एक वर्षमा १९ हजार पर्यटक

सुनसरी– अर्नाका लागि प्रसिद्ध पर्यटकीय क्षेत्रका रुपमा रहेका कोशीटप्पु वन्यजन्तु आरक्षमा एक वर्षमा १८ हजार ७ सय ७३ जना पर्यटकले अवलोकन गरेका छन् ।सुनसरीको कोशी गाउँपालिकास्थित पश्चिमकुशाहामा रहेको कोशी टप्पुमा आर्थिक वर्ष २०७५/७६ मा सो संख्याका पर्यटकले अवलोकन गरेको आरक्षका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए ।

गत आर्थिक वर्षमा आरक्षमा १८ हजार ३ सय ८५ नेपाली, ३६ सार्क मुलुकका र ३ सय ५२ विदेशी गरी कुल १८ हजार ७ सय ७३ पर्यटकले आरक्षको अवलोकन गरेको उनले जानकारी दिए । सबैभन्दा बढी कात्तिक महिनामा पर्यटकले अवलोकन गरेका छन् भने सबैभन्दा कम फागुन महिनामा पर्यटक आएको आरक्षको तथ्या‌ंकले देखाएको छ ।

आरक्षमा कात्तिकमा दुई हजार सात सय चारजना पर्यटक आएका छन् । तीमध्ये दुई हजार ६ सय ६२ नेपाली, सात सार्क मुलुकका र ३५ जना विदेशी रहेका छन् ।त्यस्तै फागुनमा महिनामा ८ सय ९६ जना पर्यटक आएका छन् । तीमध्ये ८ सय २९ नेपाली, तीन सार्क मुलुकका र ६४ जना विदेशी रहेका छन् ।

आरक्षमा विभिन्न किसिमका चराचुरुंगाी, पुतली, अर्ना, हात्तीमा सवार गर्नका लागि पर्यटक आएको आरक्ष प्रशासनले जनाएको छ । 





  • प्रकाशित मिति : भदौ ६, २०७६ शुक्रबार १६:४३:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया