अब सामाजिक सञ्जाल र भिडिओ कल पनि उद्योग

काठमाडौं– फेसबुक, ट्विटरजस्ता सामाजिक सञ्जाल अब उद्योगका रुपमा परिभाषित हुँदै छन् ।

प्रतिनिधि सभाको उद्योग वाणिज्य तथा श्रम समितिले औद्योगिक प्रतिष्ठान सम्बन्धी विधेयकमा संशोधन गर्दै सामाजिक संजाल, अनलाइन मेसेज, भिडिओ कल र कफन्फरेन्सलाई सञ्चार प्रविधिमा आधारित उद्योगका रुपमा समेटेको छ ।

यस्तै, वेब पोर्टल, वेब डिजाइन सेवा, वेब होस्टिङ र अनलाइन वर्गीकृत विज्ञापन सेवा सूचना प्रविधि उद्योगका रुपमा समेटिएका छन् । अहिलेसम्म नेपालको कानुनले यस्ता सेवालाई उद्योगका रुपमा स्विकारेको थिएन । 

यसअघि, सूचना प्रविधि विधेयकमा सरकारले सामाजिक सञ्जाललाई करको दायरामा ल्याउन भन्दै सामाजिक सञ्जाल दर्ता गर्नुपर्ने प्रावधान राखेको थियो । दर्ताको प्रावधान राखेर सरकारले अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउन खोजेको भन्दै प्रमुख प्रतिपक्षी दलले विरोध गरेपछि विधेयक प्रतिनिधि सभाको विकास समितिबाट अघि बढ्न सकिरहेको छैन ।





  • प्रकाशित मिति : भदौ ६, २०७६ शुक्रबार २०:१८:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया