कांग्रेसले कल्पेको स्थायी प्रजातन्त्रलाई कम्युनिस्ट सरकारले दबाउन खोज्यो, सरकारका गतिविधिले देश नै संकटमा– देउवा

काठमाडौं– प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले कम्युनिस्टको शासनले देशलाई नै अप्ठेरोमा पुर्याएको बताएका छन् ।

आज सुर्खेतमा आयोजित नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरुको प्रशिक्षण कार्यक्रममा बोल्दै कांग्रेस सभापति देउवाले वर्तमान कम्युनिस्ट सरकारका गतिविधिले देशलाई नै अप्ठेरो अवस्थामा पुर्याएको बताएका हुन् ।

सूचना तथा प्रसारण विधेयक, प्रेस काउन्सिल विधेयकलगायत विधेयकमार्फत ओली सरकारले ल्याएका प्रावधानतर्फ संकेत गर्दै देउवाले कांग्रेसले कल्पेको स्थायी प्रजातन्त्रलाई कम्युनिूट नेतृत्वको सरकारले दबाएको टिप्पणी गरे । प्रेस काउन्सिल विधेयकले जनताको मुख थुन्ने प्रयास गरेको भन्दै उनले प्रेस स्वतन्त्रताको विश्वव्यापी मान्यतालाई समेत वर्तमान सरकारले दबाउन खोजेको आरोप लगाए ।

‘समाचार लेखेकै भरमा पत्रकारले लाखौं जरिवाना तिनुपर्ने, जेल जानुपर्ने अवस्था अहिलेको कम्युनिस्ट सरकारले सिर्जना गरिदिएको छ ।  ‘यसरी राज्यबाट नियन्त्रित गतिविधिले जनतालाई अप्ठ्यारोमा पारेको छ,’ उनले भने । 





  • प्रकाशित मिति : भदौ ६, २०७६ शुक्रबार २०:४५:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया