गैरसैनिकलाई सैनिक पोसाक निषेध

डोटी– जिल्ला प्रशासन कार्यालय डोटीले एक परिपत्र जारी गरी जिल्लाका गैरसैनिक व्यक्तिलाई सैनिकले लगाउने खालका पोसाक (कम्ब्याट ड्रेस) लगाउन निषेध गरेको छ । जिल्लामा अधिकांशले त्यस्तो पोसाक लगाउने गरेकाले उक्त पोसाक नलगाउन प्रशासनले सबैमा आग्रह गरेको हो । 

जिल्ला प्रशासन कार्यालयले गैरसैनिकलाई कम्ब्याट पोसाक लगाउन निषेध गरिएकाले यसलाई कडाइका साथ लागू गर्न जिल्लाका नौवटै स्थानीय तहका प्रमुख प्रशाकीय अधिकृतलाई निर्देशनसहितको पत्राचार गरिएको डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए ।

उनले भने, ‘जिल्लामा ‘कम्ब्याट’ पोसाक लगाउने गरेको देखिएकाले रोकथामका लागि पत्राचार गरेका छौँ, अटेर गर्नेलाई कारबाही हुनेछ ।’

नेपाली सेनाका सकल दर्जाले लगाउने सैनिक पोसाक स्थानीय बजारमा सहज रुपमा बिक्री–वितरण हुने हुँदा गैरसैनिकले व्यक्तिले ‘फेसन’का रूपमा उक्त पोसाक प्रयोग गरेकाले यसलाई निषेध गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

केही महिनापहिले गृह मन्त्रालयले गरेको परिपत्रअनुसार गैरसैनिक नागरिकलाई ‘कम्ब्याट’ पोसाक लगाउन निषेध गरिएको हो । जिल्लामा यो नीति पहिलोपटक लागू गरिएको हो । जिल्लाका विभिन्न बजारका पसलमा रहेका त्यस्ता पोसाक खरिद गरेको ठाउँमै फिर्ता गर्न व्यवसायीलाई समेत प्रशासनले आग्रह गरेको छ ।





  • प्रकाशित मिति : भदौ ७, २०७६ शनिबार १४:५८:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया