नेकपाका एक दर्जन कार्यकर्ता कांग्रेसमा प्रवेश गरे

पाँचथर– नेकपाका एक दर्जनभन्दा बढी कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । काग्रेस प्रवेश गर्नेमा मानबहादुर आङदेम्बे, अरुणकुमार आङदेम्बे, चन्द्रशेर आङदेम्बे, सुरबहादुर कुरुम्वाङ, टिकाबहादुर आङदेम्बे, मनप्रसाद आङदेम्बे, साल्हाङ आङदेम्बे र विक्रम आङदेम्बेलगायत छन् ।

नेपाली कांग्रेस फाल्गुनन्द गाउँपालिका ६ द्वारा बिहीबार मेहेलबोटेमा आयोजित कार्यक्रममा उनीहरु कांग्रेसमा प्रवेश गरेका हुन् । नवप्रवेशीलाई नेपाली कांग्रेस पाँचथर जिल्ला सभापति नरेन्द्रकुमार केरुङ, सचिवद्वय रुपनारायण जवेगु र वृजहाङ आङदेम्बे, नेविसंघ जिल्ला उपाध्यक्ष धनकुमार लावती, संगठन विभाग सदस्य विजयहाङ आङदेम्बेलगायत नेताले स्वागत गरेका थिए ।

वडा सभापति बेदप्रसाद रिजालको सभापतित्वमा सम्पन्न कार्यक्रममा कांग्रेस जिल्ला सचिब बृजहाङ आङदम्बे र पुराना नेता तथा समाजसेवी मेदिनीप्रसाद रिजाल, वडाध्यक्ष नारायण आङदेम्बे लगायतको उपस्थिति थियो।





  • प्रकाशित मिति : भदौ ७, २०७६ शनिबार १६:३०:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया