एसिसी यू–१९ प्रतियोगिताका लागि नेपाली टोली श्रीलंका प्रस्थान

काठमाडौं– नेपाली क्रिकेट टोली श्रीलंकामा हुने एसिसी यू–१९ प्रतियोगिताका लागि शनिबार श्रीलंका प्रस्थान गरेको छ । नेपाली टोलीले प्रतियोगिताअघि नै श्रीलंकाका स्थानीय ए डिभिजन टिमसँग अभ्यास खेल खेल्नेछ । 

प्रतियोगितामा नेपाल समूह बीमा परेको छ । नेपालसँगै समूह बीमा श्रीलंका, बंगलादेश र युएई रहेका छन् । नेपालले पहिलो खेल घरेलु टोली श्रीलंकासँग सेप्टेम्बर ६ तारिखमा खेल्नेछ ।

नेपालले सेप्टेम्बर ८ मा दोस्रो खेल बंगलादेशसँग र तेस्रो खेल युएईसँग सेप्टेम्बर १० तारिखमा खेल्नेछ । दुई समूहको शीर्ष टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्। समूह एमा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत रहेका छन् ।

रोहितकुमार पौडेलको कप्तानीमा बिहीबार १५ सदस्यीय यू–१९ राष्ट्रिय टोली घोषणा गरिएको थियो । नेपाली टोली शनिबार दिउँसो ३ः४५ मा एयर इन्डियाको जहाजमार्फ श्रीलंका प्रस्थान गरेको हो । 

को–को छन् नेपाली टिममा ?

रोहितकुमार पौडेल (कप्तान), पवन सर्राफ, कमलसिंह ऐरी, रित गौतम, हरिबहादुर चौहान, भीम सार्की, मोहमद आसिफ शेख, सन्दीप जोरा, कुशल मल्ल, रासिद खान, सागर ढकाल, खडकबहादुर बोहोरा, सूर्य तामाङ, लोकेश बम, प्रतीश जिसी ।



व्यवस्थापक – राजु खड्का, प्रशिक्षक– विनोद दास, ब्याटिङ कन्सल्टेन्ट– अपूर्व देशाई, फिजियो– विक्रम न्यौपाने, ट्रेनर– सुबास पात्रो ।



  • प्रकाशित मिति : भदौ ७, २०७६ शनिबार १८:१९:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया