अन्तरिक्षमा भएको पहिलाे अपराधलाई कसरी जाँच गर्दै छ नासा ?

एजेन्सी– अन्तरिक्षमा मानिस जान थालेको निकै वर्ष भइसकेको छ । तर, अझै पनि त्यहाँका कतिपय विषयमा हामीलाई जानकारी छैन । तर, एउटा विषयमा चाहिँ अब निर्णय आइसकेको छ । त्यो हो– अमेरिकामा हुने अपराधको सजाय पनि पृथ्वीमा भएको नियमअनुसार हुने छ । अर्थात् अन्तरिक्षमा कुनै अपराध भयो भने त्यसको सजाय पृथ्वीमा भएको कानुनअनुसार नै गरिने भएको छ । 

नासाले यस्तै एउटा आपराधिक मुद्दाको जाँच गर्न खोजिरहेको छ । यो अपराध अन्तरिक्षमा भएको थियो तर यसको उजुरी अमेरिकामा भएकाले नासाले यसको अनुसन्धान सुरु गरेको हो । 

एक अन्तरिक्ष यात्रीमाथि के आरोप लागेको छ भने उनी अन्तरिक्षमा हुँदा नै आफ्नी पूर्व प्रेमिकाको बैंक एकाउन्टबारे जानकारी लिने प्रयास गरे । नासाको इन्टरनेसनल स्पेस स्टेसनमा उनले यो काम गरेका थिए । 

यदि यो आरोप प्रमाणित भएमा अन्तरिक्षमा गरिएको यो पहिलो अपराधको विषय हुनेछ । 

अमेरिकी पत्रिका न्युयोर्क टाइम्सको रिपोर्टअनुसार अन्तरिक्ष यात्री ऐन म्याक्लेनले स्पेसमा रहँदा आफ्नी प्रेमिकाको बैंक एकाउन्टबारे सोधपुछ गरेको स्वीकार गरिसकेका छन् । तर, उनले आफूले गलत नगरेको पनि बताएका छन् ।

ऐन अहिले अन्तरिक्षबाट फर्किएका छन् । र, उनीविरुद्ध उनकी प्रेमिका समर वार्डनले उजुरी दिइसकेकी छिन् । 



न्युयोर्क टाइम्सका लागि ऐनका वकिलले ऐनकी पूर्वपत्नीले खर्चहरु मिलाएर नगर्ने र ऐनले नै उनका कतिपय बिलहरु भुक्तानी गर्नुपर्ने, उनको छोराको पनि खर्च ऐनले गर्नु पर्ने भएकाले यो सोधपुछ गरेको बताएका छन् । ती वकिलले पनि ऐनले अनुचित काम केही नगरेको बताएका छन् । 



  • प्रकाशित मिति : भदौ ८, २०७६ आइतबार ८:३७:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया