बुर्ज खालिफा अगाडि सनीले गराइन् छोरीलाई होमवर्क

एजेन्सी– बलिउड अभिनेत्री सनी लियोनी चाहे जतिसुकै व्यस्त किन नहुन्, आफ्नी छोरीमाथि उनले ध्यान निकै दिइरहेकी छिन् । केही दिनयता सनीले आफ्नो इन्स्टाग्राममा केही तस्वीरहरु सार्वजनिक गरेकी छिन् जुन भारतमा निकै भाइरल भइरहेका छन् । यीमध्ये एक तस्वीर हो, उनले छोरी निशालाई होमवर्क गर्न सहयोग गरिरहेको तस्वीर । 

सनी लियोनी अहिले परिवारसहित छुट्टी मनाउन पुगेकी छिन्, दुबई । तर, दुबई पुग्दा पनि उनले छोरीको पढाइ नबिग्रियोस् भन्ने चाहेकी छिन् । त्यसैले त उनले छोरीलाई होमवर्क गराएको फोटो आफ्ना सामाजिक सन्जालका एकाउन्टहरुमा राखेकी छिन् । 

इन्स्टाग्राममा फोटो राख्दै सनीले लेखेकी छिन्, ‘हामी छुट्टीमा छौँ तर मलाई मेरी छोरीका लागि निरन्तरता चाहिन्छ । उसका लागि होमवर्क गर्न म सहयोग गरिरहेकी छु । पछाडि सुन्दर बुर्ज खालिफा देखिएको छ ।’





  • प्रकाशित मिति : भदौ ८, २०७६ आइतबार ८:३७:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया