तीजका लागि दिदीलाई लिन पुगेका युवाले सेरिएर गरे आत्महत्या

भरतपुर– नेपाली नारीहरुका लागि विशेष चाड मानिने तीजको रमझम सुरु भइसकेको छ । तीजमा विवाहित महिलाहरु आफ्नो माइती जाने प्रचलन नेपाली समाजमा छ । त्यसका लागि उनीहरुलाई दाजुभाइ घरसम्म लिन आउने परम्परा पनि चलिआएको छ । 

आफ्नो भाइ तीजका लागि लिन आएकोमा खुसी थिइन्, भरतपुर २६ दिव्यनगरकी पदमकुमारी ढकाल । उनलाई लिन उनका भाइ रामबहादुर भुजेल घरमा आइपुगेका थिए । भाइका लागि केही खाजा बनाउने तयारीमा लागिन् पदमकुमारी ।

शनिबार साँझ सात बजेको थियो । तिजमा लिन आएको हो है भन्ने भाइ शौचालयतिर लाग्यो । दिदीले खासै वास्ता गरिनन् । 

तर, शौचालय गएको भाइलाई भित्र पकाइरहेको खाना खुवाउन पाइनन् भुजेलले । 

शौचालय गएका भाइ ढुनमुनिँदै आए र आँगनमा लडे । हतारहतार पदमकुमारी बाहिर निस्किइन् । पदमकुमारीले जे देखिन्, त्यसले उनलाई बेहोस बनायो । उनी चिच्याएर आँगनमा नै लडिन् । 

शौचालयबाट फर्किएका रामबहादुरको शरीरभर रगत बगिरहेको थियो । र, रगत आएको थियो, उनको घाँटीबाट । तत्काल छिमेकीहरु त्यहाँ जम्मा भए । उनीहरुले पदमकुमारलाई अस्पताल लैजान प्रयास गरे । तर, यी सबै प्रयास निरर्थक थिए । छटपटाउँदै आँगनमा लडेका रामबहादुरको मृत्यु भइसकेको थियो । 



उनको रगतको आहाल आँगनमा जम्मा भइसकेको थियो । अहिले उनको पोस्टमार्टमका लागि भरतपुर अस्पताल पुर्याइएको छ । प्रहरीले यस विषयमा अनुसन्धान सुरु गरेको छ । 

दिव्यनगरकै आसपासमा तीन महिनायता लगातार आत्महत्याका घटना आइरहेका छन् । तीन महिनायता आधा दर्जनभन्दा धेरैले यो क्षेत्रमा आत्महत्या गरिसकेका छन् । 



केही समयअघि छोराछोरीसहित घरभित्रै झुन्डिएर एक महिलाले आत्महत्या गरेको पनि यही ठाउँमा हो । 

  • प्रकाशित मिति : भदौ ८, २०७६ आइतबार १०:५३:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया