एग्युरोको दुई गोल, सिटी विजयी

एजेन्सी– सर्जियो एग्युरोले आइतबार भएको खेलमा दुई गोल गर्दै म्यानचेस्टर सिटीलाई विजयी मात्र गराएनन्, इंग्लिस प्रिमियर लिगको अंक तालिकामा दुई नम्बरमा पनि पुर्याएका छन् । बर्नमाउनविरुद्धको खेलमा विजयी भइसकेपछि सिटी लिभरपुलभन्दा दुई अंकले मात्र पछाडि परेको छ । 

आठ यार्ड परबाट प्रहार गरेको एग्युरोको बलले बर्नमाउथको गोलपोस्टको जाली चुम्यो ।

खेलमा बर्नमाउथले एक गोल त फिर्ता गर्यो तर रहिम स्टर्लिङको एक गोल र खेलको ६४ औं मिनेटमा आएको एग्युरोको अर्को गोलका कारण बर्नमाउथ स्तब्ध भयो । 

एग्युरोको यो खेलको दोस्रो गोल उनको करिअरको ४ सयौं गोल हो । त्यसो त बर्नमाउथविरुद्ध सिटीले यसअघिका प्रिमियर लिगहरुमा समेत गरि २८ पटक हराइसकेको छ । नौ वटा प्रिमियर लिगका खेलमा सिटीले बर्नमाउथलाई २८ पटक हराएको हो । 

खेलमा सिटीका ३३ वर्षिय सिल्भाले पनि निकै राम्रो प्रदर्शन गरे । उनी लिग खेलमा सिटीबाट यो ४ सयौँ खेलमा मैदानमा उत्रिएका थिए । 





  • प्रकाशित मिति : भदौ ८, २०७६ आइतबार २१:५५:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया