लामो समय पिसाब रोक्दा हुन्छन् यस्ता समस्या

एजेन्सी– कहिलेकांही मानिसहरु आफ्नो काममा व्यस्त भएकाले वा अरु कुनै कारणले पनि लामो समयसम्म पिसाब रोकेर बसिरहेका हुनसक्छन् । तर, उनीहरुलाई के थाहा नहुन सक्छ भने यसले उनीहरुको शरीरलाई निकै ठूलो नोक्सानी पुर्याइरहेको छ । कयौँ अध्ययनहरुले के देखाएका छन् भने एक व्यक्तिले लामो समयसम्म पिसाब रोक्ने हो उसको शरीरका विभिन्न अंगलाई निकै घाटा हुन्छ । 

यसका कारण पेटमा दुखाइ बढ्न सक्छ । ब्ल्याडरमा भएको प्रेसरका कारण पनि यो समस्या बढ्न सक्छ । यो समस्या हाम्रो मिर्गौलासम्म पनि पुग्न सक्छ । पिसाब रोकेका कारण भएको दुखाइ जान निकै लामो समय लाग्न सक्छ । 

यतिमात्र होइन, पिसाबलाई लामो समयसम्म रोकिरहँदा हाम्रो ब्ल्याडरको साइज पनि बढ्न सक्छ । यसले अर्को गम्भीर समस्या निम्त्याउने सम्भावना हुन्छ ।

पिसाब रोक्दा हाम्रो मुत्रथैलीमा इन्फेक्सन पनि हुनसक्छ । त्यस्तै हाम्रो मिर्गौलामा हुने पत्थरीका लागि पनि पिसाब रोक्दा समस्या हुनसक्छ । 





  • प्रकाशित मिति : भदौ ९, २०७६ साेमबार १०:२९:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया