काठमाडौं– उपचारको लागि सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगापुरबारबाट मन्त्रिपरिषदको अध्यक्षता गरेका छन् । प्रधानमन्त्री ओलीले भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषदको बैठक सञ्चालन गरेका हुन् ।
नेपालको सन्दर्भमा भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषदको बैठक बसेको यो पहिलो हो । सरकारले प्रधानमन्त्री ओली सिंगापुर जानुअघि नै कार्यविधि संशोधन गरेर भिडियो कन्फ्रेन्समार्फत बैठक बोलाउन सक्ने प्रावधान मिलाएको थियो ।
प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले सोमबार एक ट्विट गर्दै सिंगापुरदेखि काठमाडौं पहिलोपटक टेलिकन्फ्रेन्समार्फत मन्त्रिपरिषदको बैठक बसेको जानकारी दिएका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।