Fri, 20 Sep, 2019


प्रचण्डकाे अध्यक्षतामा नेकपाकाे पहिलाे बैठक, थपिए चार केन्द्रीय सदस्य
फरकधार / भदौ ९, २०७६

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिलोपटक सचिवालय बैठकको अध्यक्षता गरेका छन् । अर्का अध्यक्ष केपी शर्मा ओली उपचारका लागि सिंगापुर रहेकाले उनले सो जिम्मेवारी पाएका हुन् । 



दाहालको अध्यक्षता भएको सचिवालय बैठकले चार नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय गरेको छ । यसरी केन्द्रीय सदस्यमा मनोनीत हुनेमा तत्कालीन नयाँ शक्ति नेपाल र नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबाट पार्टी प्रवेश गरेकाहरु छन् । 

पार्टी विधानमा रहेको केन्द्रीय सदस्यमा १० प्रतिशत थप गर्ने व्यवस्थाअनुसार पदम राई, किरण राई, कल्पना धमला र देवेन्द्र पराजुलीलाई केन्द्रीय सदस्यमा मनोनयन गरिएको हो । राईद्वय ‘विप्लव’ नेतृत्वको नेकपाबाट नेकपामा प्रवेश गरेका हुन् भने धमला र पराजुली तत्कालीन नयाँ शक्ति नेपालका केन्द्रीय नेता हुन् ।

नवनियुक्त चार सदस्यसहित नेकपाको केन्द्रीय कमिटी चार सय ४५ सदस्यीय बनेको छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्