रवि लामिछानेलगायतलाई पुर्पक्षका लागि थुनामा राख्ने कि साधारण तारेखमा ? के भन्छन् रविका वकिल ?

काठमाडौं– पत्रकार शालिकराम पुडासैनीको को मृत्यु हत्या नभएर आत्महत्या भएको अदालतले औपचारिक रुपमा स्विकारेको छ । सो आत्महत्याको दुरुत्साहन अभियोगमा थुनामा रहेका रवि लामिछानेका तर्फबाट बहस गरेका अधिवक्ता स्वागत नेपालले यसबारे जानकारी दिएका हुन् । 

दुरुत्साहन अभियोगको मुद्दामा जिल्ला अदालत चितवनमा थुनछेक बहस चलिरहेको छ । सुरुमा सरकारी वकिलको बहस सकिएपछि लामिछाने र कँडेल तर्फका कानुन व्यवसायीको बहस जारी छ ।

आफ्नो तर्फबाट बहस सकेर निस्केका स्वागत नेपालले ट्विट गर्दै अदालतले पुडासैनीको मृत्यु आत्महत्याबाट भएको भन्ने स्वीकार गरको जानकारी दिएका हुन् ।

थुनछेकको बहस सकिएपछि मात्रै रविलगायतलाई पुर्पक्षका लागि थुनामा राख्ने वा साधारण तारेखमा छाड्ने भन्नेबारे आदेश हुनेछ । तर, बहस अझै लम्बिने सम्भावना रहेकाले अन्तिम निर्णय आउन मंगलबारसम्म कुर्नुपर्ने देखिएको छ । 





  • प्रकाशित मिति : भदौ ९, २०७६ साेमबार १७:३३:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया