नेप्से परिसूचक ओरालो

काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक ओरालो लागेको छ । साताको दोस्रो दिन नेप्से ६.४९ बिन्दुले घटेर एक हजार २०३.१३ बिन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.०७ बिन्दुले घटेर २६२.३७ मा पुगेको छ । 

नेप्से घटे पनि कारोबार रकम भने औसतमा रहेको छ । कुल १ सय ७२ कम्पनीको १६ लाख तीन हजार ३ सय २६ कित्ता सेयर ३८ करोड पाँच लाख ९६ हजार ५ सय ७१ मा कारोबार भयो । 

स्टकका अनुसार कारोबार भएका कुल ११ उपसमूहको सेयर नै ओरालो लागेको छ । बैंकिङ ४.८५, होटल १४.३३, विकास बैंक ४.०८, जलविद्युत् ८.८८, वित्त २.४७, निर्जीवन बिमा २८.३६, उत्पादन २२.५२, अन्य ४.४८, लघुवित्त ०.८१, जीवन बिमा ६८.०३ र सामूहिक लगानी कोष ०.०६ बिन्दुले घटेको छ । 

सोमबार प्रभु बैंकको संस्थापक सेयरको सबैभन्दा बढी कारोबार भएको छ । सो बैंकको १० करोड २१ लाख ६१ हजार ७ सय ८४ बराबरको कारोबार भयो । यस्तै नविल बैंक एक करोड ७९ लाख २९ हजार ३०, नेपाल बैंक रु एक करोड ६७ लाख ११ हजार ६ सय ५४, एनआइसी एसिया बैंक एक करोड ३८ लाख ८२ हजार ३ सय ९७, नेपाल लाइफ इन्स्योरेन्स ९२ लाख ८६ हजार र रसुवागढी जलविद्युत् कम्पनी  ८५ लाख ४६ हजार ७ सय ९० बराबरको कारोबार भई शीर्ष स्थानमा रहे । 

स्टकका अनुसार आज साल्ट ट्रेडिङ कम्पनीका सेयरधनीले ४.८७ प्रतिशतले कमाएका छन् । यस्तै मेरो माइक्रोफाइनान्स वित्तीय संस्था ४.६७, आँधीखोला लघुवित्त वित्तीय संस्था ३.८०, कर्णाली डेभलपमेन्ट बैंक ३.७७, र सबैको लघुवित्त वित्तीय संस्था ३.७५ प्रतिशतले कमाए । 

यस्तै, एनएलजी इन्स्योरेन्स कम्पनी ६.३३, आँखु खोला जलविद्युत् कम्पनी ५.९७, एनआइबिएल प्रगति फन्ड ५.४५, सिर्जना फाइनान्स ४.४१, वर्ल्ड मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स ४.३० र रसुवागढी हाइड्रोपावर कम्पनीका सेयरधनीले ४.१० प्रतिशतले गुमाए । 





  • प्रकाशित मिति : भदौ ९, २०७६ साेमबार १७:४१:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया