साफ च्याम्पियनसिपको फाइनलमा पुग्न नेपाललाई भुटानविरुद्धको खेल जित्नैपर्ने दबाब

काठमाडौं– भारतमा जारी  साफ यू–१५ (पन्ध्र वर्षमुनि) च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा पुग्न नेपाललाई भुटानविरुद्धको खेल जित्नैपर्ने दबाब छ । 

भारतको कल्याणी रंगशालामा बिहीबार हुने अन्तिम लिग खेलमा नेपालले भुटानलाई पराजित गरेमा मात्र फाइनलमा स्थान बनाउनेछ । त्यस्तै मंगलबार भएको खेलमा नेपालले साबिक विजेता बंगलादेशलाई ४–१ गोलअन्तरले पराजित गर्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको थियो । 

नेपाल र बंगलादेशको समान ६/६ अंक छ, तर नेपाल हेड टु हेडको आधारमा ब‌ंगलादेशभन्दा अगाडि छ । बंगलादेश अंक तालिकाको तेस्रो स्थानमा छ । त्यस्तै भारत ९ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा छ । श्रीलंक तीन अंकका साथ चौथो स्थानमा छ भने अंकविहीन रहेको भुटान अन्तिम स्थानमा छ । 

भोलि नै हुने अर्को खेलमा भारतले बंगलादेशको सामना गर्नेछ । नेपालले भुटानलाई पराजित गरे फाइनल पुग्ने सम्भावना लगभग पक्का हुनेछ । यदि बंगलादेशले भारतलाई फराकिलो अन्तरले पराजित गरेमा गोलअन्तरमा नेपाल पछाडि पर्ने सम्भावना रहन्छ । प्रतियोगितामा नेपालसहित बंगलादेश, भारत, श्रीलंका र भुटान सहभागी छन् ।





  • प्रकाशित मिति : भदौ ११, २०७६ बुधबार १५:३७:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया