सञ्चारमन्त्रीकाे उर्दी : संविधान दिवसकाे बिदा तास खेल्न र गर्लफ्रेन्ड-ब्वाइफ्रेन्ड भेट्नका निम्ति हाेइन

काठमाडौं– सरकारले यस वर्षको संविधान दिवस विशेष किसिमले मनाउने तयारी गरेको छ । सोही सिलसिलामा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले संविधान दिवस भव्यताका साथ मनाउनका लागि सबैलाई आग्रह गरेका छन् ।

बुधबार सञ्चार मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा बोल्दै उनले सरकारले संविधान दिवस भव्यताका साथ मनाउनका लागि सार्वजनिक बिदा दिएको र सबैको अर्थपूर्ण सहभागिताको अपेक्षा गरेको बताए । संविधान दिवस असोज ३ गते  मनाइँदै छ ।

मन्त्री बाँस्कोटाले भने, ‘त्यो दिन तास खेल्नका निम्ति, पिकनिक खानका निम्ति, बियर खानका निम्ति, गर्लफ्रेन्ड लिएर हिँड्नका निम्ति, ब्वाइफ्रेन्ड भेट्न जानका निम्ति दिइएको होइन । फाइनल कुरा यही हो, सीधा सीधा, राष्ट्रिय दिवस नै मनाउन दिएको हो ।’





  • प्रकाशित मिति : भदौ ११, २०७६ बुधबार १६:२:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया