भारतसँगको तनावबीच पाकिस्तानले 'ब्यालिस्टिक मिसाइल' परीक्षण गर्यो

काठमाडौं– पाकिस्तानले ब्यालिस्टिक मिसाइल ‘गजनवी’को सफल परीक्षण गरेको बताएको छ । आज पाकिस्तानी सेनाका प्रवक्ताले ट्विटरमार्फत एक टुक्रा भिडियो सार्वजनिक गर्दै परीक्षणको पुष्टि गरेका हुन् । 

सैन्य प्रवक्ताको आधिकारिक ह्यान्डलबाट गरिएको ट्विटमा गजनवी मिसाइलले २९० किलोमिटरसम्म मार हान्न सक्ने उल्लेख छ । यो सतहबाट सतहमा मार हान्ने मिसाइल हो । आफूसँग यसले विभिन्न किसिमका हतियारसमेत लैजान सक्छ । 

भारतले आफूप्रशासित जम्मु–कस्मिरलाई दिइआएको विशेष राज्यको दर्जा खारेज गर्दै केन्द्रको नियन्त्रणमा ल्याएपछि चुलिएको भारत–पाक तनावबीच पाकिस्तानको यो पहिलो क्षेप्यास्त्र परीक्षण हो । 





  • प्रकाशित मिति : भदौ १२, २०७६ बिहीबार १५:२९:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया