नेप्सेकाे ओरालो यात्रा निरन्तर

काठमाडौं– बुधबार दोहोरो अंकले घटेको धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार पुनः झिनो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से १.३३ अंकले घटेर एक हजार १९६.४१ मा पुगेको छ । 

यस्तै सेन्सेटिभ परिसूचक ०.१६ बिन्दुले घटी २६१.२४ मा पुगेको छ । नेप्से घटेसँगै कारोबार रकमसमेत सस्तैमा समेटिएको छ । कुल १७० कम्पनीको नौ लाख ७५ हजार ८३४ कित्ता सेयर रु २७ करोड ७३ लाख ५९ हजार ६५९ मा खरिद-बिक्री भए । 

कारोबार भएका कुल १२ उपसमूहमध्ये दुई उपसमूहको मात्र सेयर बढेको छ । बैंकिङ ०.८६, र विकास बैंक २.९ बिन्दुले बढ्दा व्यापार २.३७, होटल ०.०७, जलविद्युत् ३.०४, वित्त १.६९, निर्जीवन बिमा १०.७१, उत्पादन ३२.२२, अन्य ०.१५, लघुवित्त १.८४ जीवन बिमा ५०.२४ र सामूहिक लगानी कोषको सेयर ०.०२ बिन्दुले घटेको छ । 

कारोबारका आधारमा कुमारी बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको एक करोड ६२ लाख ४४ हजार ६०३ बराबरको कारोबार भयो । यस्तै नेपाल लाइफ इन्स्योरेन्स कम्पनी एक करोड ४८ लाख ६६ हजार ४९२, एनआइसी एसिया बैंक एक करोड ३० लाख ८० हजार ७२६, प्रभु बैंक एक करोड १७ लाख ३८ हजार १३९, माछापुछ्रे बैंक एक करोड तीन लाख १३ हजार १८२ र छिमेक लघुवित्त विकास बैंकको संस्थापक सेयर एक करोड एक लाख ८६ हजार ३२० मूल्यमा खरिद-बिक्री भई शीर्ष स्थानमा रहे । 

स्टकका अनुसार सबैको लघुवित्त वित्तीय संस्थाका सेयरधनीले ९.९८ प्रतिशतले कमाउँदा एनएलजी इन्स्योरेन्स ३.७२, युनियन हाइड्रोपावर ३.३९, एक्सेल डेभपलमेन्ट बैंक ३.३५, कालिका पावर कम्पनी २.५० र मितेरी डेभलपमेन्ट बैंकका लगानीकर्ताले २.१५ प्रतिशतले कमाए । 

यस्तै, युनाइटेड फाइनान्स ६.४१, कर्णाली डेभलपमेन्ट बैंक ३.७०, मिथिला लघुवित्त वित्तीय संस्था ३.६२, गरिमा विकास लघुवित्त वित्तीय संस्था ३.६१ र नयाँ नेपाल लघुवित्त विकास बैंकका लगानीकर्ताले ३.५२ प्रतिशतले गुमाए । 





  • प्रकाशित मिति : भदौ १२, २०७६ बिहीबार १७:३०:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया