ट्विटरका सिइओकै एकाउन्ट ह्याक

एजेन्सी– माइक्रो ब्लगिङ साइट ट्विटरका संस्थापक तथा अहिलेको सिइओ ज्याक डोर्सीकै ट्विटर एकाउन्ट शुक्रबार ह्याक भएको छ । उनको एकाउन्टबाट ह्याकरले केही आपत्तिजनक तथा नश्लभेदी ट्विट्ससमेत गरेका छन् । 

रिपोर्टहरुलाई आधार मान्ने हो भने ज्याकको ट्विटरलाई फेरि फिर्ता गर्न आधा घन्टाभन्दा बढी समय लागेको थियो । डोर्सीको ट्विटरमा ४२ लाख फलोअर्स छन् । 

ट्विटरले यो घटनाको छानबिन भइरहेको जनाएको छ । ट्विटरले ज्याकको ह्याक भएपछि आएका ट्विटलाई रिट्विट गर्नेहरुको एकाउन्टलाई बन्द गरिदिएको छ । चकल स्क्वाड नामको एउटा समूहले यो ह्याकिङको जिम्मेवारी लिएको छ । 

ह्याक भएपछि डोर्सीको एकाउन्टबाट एउटा ट्विटमा ट्विटरको मुख्यालयमा बम भएको ट्विट समेत गरिएको थियो । तर, पछि यी ट्विटहरुलाई ज्याकले डिलिट गरेका छन् ।

योभन्दा पहिले सन् २०१६ मा पनि डोर्सीको एकाउन्ट ह्याक भएको थियो ।





  • प्रकाशित मिति : भदौ १४, २०७६ शनिबार ११:१५:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया