सलमान बाहिरिएपछि साहरुखकाे इन्ट्री

एजेन्सी— बलिउडका स्थापित निर्देशक सञ्जय लीला भन्सालीको निर्माणाधीन फिल्म ‘इनसाअल्लाह’बाट सलमान खानले हात झिकेको चर्चा भारतीय मिडियामा छाएको छ । सलमान र आलिया भट्टलाई मुख्य भूमिकामा राखेर सेप्टेम्बर अन्तिमबाट सुटिङको तयारी गरिएको फिल्मबाट सलमानले हात झिकेपछि फिल्म निर्माण केही समयलाई अनिश्चित भएको छ । 

सलमान ‘इनसाअल्लाह’बाट टाढिएपछि उनको ठाउँमा अभिनेता शाहरूख खानले अभिनय गर्ने चर्चा चल्न थालेकाे छ । तर यसबारे आधिकारिक कुरा आइसकेकाे छैन ।

 

निर्देशक भन्सालीले सलमानले फिल्म छोडेपछि शाहरूखलाई प्रस्ताव गरेको र फिल्मका लागि शाहरूखलाई हस्ताक्षर गराइसकेको भारतीय मिडियाले उल्लेख गरेका छन् । शाहरूख खानले सञ्जय लीला भन्सालीको फिल्म ‘देवदास’ मा काम गरेका थिए ।





  • प्रकाशित मिति : भदौ १४, २०७६ शनिबार ११:२१:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया