अनावश्यक रुपमा मोटाएका कारण नेपाली सैनिकको बढुवा र शान्ति मिसन रोकियो

काठमाडौं– असन्तुलित रुपमा मोटाएक कारण नेपाली सेनाका तीनजना अधिकृतको बढुवा रोकिएको छ । शरीरको उचाइ र तौलको सन्तुलन नमिलेको कारण देखाउँदै नेपाली सेनाका तीन अधिकृतको बढुवा रोकिएको हो । 

प्रमुख सेनानीबाट महासेनानीमा बढुवा हुने पालो आएका उनीहरूको बिएमआई (बडी मास इन्डेक्स) प्रावधान नमिलेपछि उनीहरूको बढुवा रोकिएको हो । सेनामा बढुवा हुन बिएमआई अनिवार्य हुनुपर्ने प्रावधान छ ।

सैनिक स्रोतका अनुसार बिएमआई नमिलेका कारण ४ जना सैनिक अधिकृत शान्ति सेना जानबाट वञ्चित भएका छन् । उनीहरूमध्ये दुईजना युएन स्टाफ र दुईजना पर्यवेक्षकका रूपमा जान लागेका थिए ।

नेपाली सेनामा सैनिक जवानदेखि रथीसम्मका उच्च अधिकारीहरूका लागि बिएमआई अनिवार्य गरिएको सेनाले जनाएको छ । जवान तथा उच्च अधिकारीहरू मोटाउँदै जानुका साथै भुँडे,अल्छी र अस्वस्थ हुन थालेपछि यस्तो प्रावधान लागू गरिएको हो । 

विश्व स्वास्थ्य संगठनले स्वस्थ हुनका लागि बिएमआई फिट हुनुपर्ने उल्लेख गरेको छ ।





  • प्रकाशित मिति : भदौ १४, २०७६ शनिबार १७:९:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया