काठमाडौं– भारतको कोलकत्तास्थित कल्याणीमा जारी साफ यू–१५ च्याम्पियनसिपको फाइनल खेलमा नेपालले भारतसँग फराकिलो हार व्यहोरेको छ । शनिबार भएको फाइनल खेलमा नेपाल भारतसँग ७–० गोलको फराकिलो अन्तरले पराजित भएको हो ।
यसअघि नेपाल प्रतियोगिताको पहिलो खेलमा भारतसँग ५–० गोल अन्तरले पराजित भएको थियो । यो हारसँगै पाँचौँ सस्करणको उपाधि नेपालले रक्षा गर्न सकेन् ।
पहिलो हाफ सकिँदा ३–० गोलको अग्रता बनाएको भारतले दोस्रो हाफमा थप तीन गोल गरेको थियो । खेलको १५औँ मिनेटमा टोन्जब्रामले पहिलो गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए । त्यस्तै ४२औँ मिनेटमा अमनदिपले दास्रँे गोल गरे भने खेलको ४५औँ मिनेटमा भिमपोकमनले तेस्रो गोल गरे ।
दोस्रो हाफको सातौँ मिनेटमा अर्थात् ५२औँ मिनेटमा नोन्जमेलकपमले गोल गर्दै चौथो गोल गरे । त्यसैगरी ६५औँ मिनेटमा जन्जरले पाचौँँ र र ७६औँ मिनेटमा नोन्जमेलकपमले छैटौँँ गोल गरेर ६–० बनाए । खेलको ८०औँ मिनेटमा नोन्जमेलकपमले तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।