भारतको अर्थतन्त्र चिन्ताजनकः पूर्वप्रधानमन्त्री सिंह

एजेन्सी– भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहले आइतबार भारतीय अर्थतन्त्रको अवस्था निकै चिन्ताजनक रहेको अभिव्यक्ति दिएका छन् । 

मनमोहन सिंहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सरकारले चौतर्फी नराम्रा प्रबन्धन गर्न थालेको र यसले अर्थव्यवस्थामा मन्दी ल्याएको बताएका हुन् । भारतीय सरकारले दुई दिन अगाडि एउटा तथ्याङ्क जारी गर्दै अर्थतन्त्रको पछिल्ला छ वर्षमा सबैभन्दा कमजोर अवस्थामा पुगेको बताएको थियो । 

यो आर्थिक वर्षको पहिलो तीन महिनामा भारतमा जिडिपीको वृद्धि पाँच प्रतिशतमात्र भएको र पाँच वर्षयताको सबैभन्दा कम भएको विश्लेषण भारतीय बजारमा देखिन थालेको छ ।

भारतीय पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंह एक जानकार अर्थशास्त्री पनि हुन् । ‘लगातार अर्थतन्त्रमा भएको गिरावाटका कारण भारतका लागि निकै मुश्किल समस्या आउन पनि सक्नेछ,’ सिंहले भनेका छन्, ‘सरकारका गल्तीका कारण अहिले यो अवस्थामा पुगेको हो, भारतीय अर्थतन्त्र ।’

एक भिडियो सार्वजनिक गर्दै सिंहले भनेका छन्, ‘उत्पादन क्षेत्रमा त झन् बढी चिन्ता देखिन्छ किनकि त्यहाँको वृद्धि ०.६ प्रतिशतमा आएको छ । यसले हाम्रो अर्थतन्त्र सरकारका गल्तीका कारण माथि उठ्न नसकेको प्रष्ट पार्छ ।’





  • प्रकाशित मिति : भदौ १५, २०७६ आइतबार १९:३७:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया