विश्वको पहिलो पोल रोबोट डान्सर तयार

एजेन्सी– फ्रान्सको एउटा क्लबमा आजदेखि रोबोट पोल डान्स देखाइने भएको छ । यो नाच एउटा रोबोटले गर्ने नाच हो, जसलाई त्यो क्लबले आजबाट प्रदर्शनीमा राख्ने बताएको छ । 

क्लबका मालिकले यसका लागि दुई रोबोट प्रयोग भएको र उनीहरुले हिल जुत्ता लगाएर डान्स गर्ने बताएका छन् । यी रोबोटको टाउकोमा एउटा क्यामेरा पनि जडान गरिएको छ, त्यसबाट उनीहरुले अगाडि बसेका दर्शकको हाउभाउ बुझ्न पाउनेछन् । 

यो क्लब खुलेको पाँच वर्ष भएको उपलक्ष्यमा यो रोबोट ल्याइएको हो । रोबोटिक पोल डान्सका लागि बेलायतको एक कम्पनीले रोबोट तयार पारेको हो । तर, रोबोटको डान्स देखाए पनि त्यहाँ नाच्ने अन्य युवतीहरुले त्यसले आफ्नो काममा कुनै असर नपर्ने बताएका छन् । 





  • प्रकाशित मिति : भदौ १६, २०७६ साेमबार ११:२५:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया