अलिबाबाका संस्थापक ज्याक माले केही दिनअघि सांघाईमा भएको एक कार्यक्रममा आर्टिफिशियल इन्टेलिजेन्सको सहयोगमा मानिसहरुले अब हप्ताको १२ घण्टा मात्र काम गर्ने बानी लगाए हुने बताएका छन् । उनले अब शिक्षा व्यवस्थापनमा सुधार गर्नु पर्ने र एक सातामा तीन दिन र एक दिनमा चार घन्टामात्र मानिसले काम गरे पुग्ने बताएका हुन् ।
सांघाईमा भएको आर्टिफिशियल इन्टेलिजेन्सको कन्फरेन्समा ज्याक माले यी कुरा बताएका हुन् ।
नयाँ–नयाँ प्रविधिको विकासले मानिसको समय बचाउने कारण जीवन सहज हुँदै जान्छ । उनले बिजुलीको उदाहरण दिँदै भनेका छन्, ‘जब बिजुलीको आविस्कार भयो तब मानिसले काम गर्नको लागी धेरै समय पाए । मानिसहरु दिनमा काम गरेर साँझमा म्युजिक र डान्स पार्टीमा रमाउने अवसर पाए ।’ उनले थपेका छन्, ‘आर्टिफिशियल इन्टेलिजेन्सको कारण मानिससँग रमाइलो गर्ने समय अब बढ्दै जान्छ, समय थपिँदै गएको छ ।’
ज्याक माकाअनुसार अबको १०–२० बर्षभित्र सबै देशका सरकारले शिक्षा व्यवस्थापनमा सुधार ल्याउनु पर्ने हुन्छ । उक्त कार्यक्रममा उनले भनेका छन, ‘म जागीरको कुरालाइ लिएर त्यति धेरै चिन्तित छैन । आर्टिफिशियल इन्टेलिजेन्सले रोजगारी खोस्ने नभई मानिसलाइ मद्दत गर्ने हो । कम्प्युटरसंग त चिप मात्र त हुने हो, मानिससँग त मन छ दिमाग छ । मानिसको काम दिमागले काम गर्ने हो ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।