ट्विटरमा कमेन्ट गर्नेलाई बाबुरामको जवाफ, ‘१७००० मा प्लस एक हुनुपर्ने रहेछ है ?’

काठमाडाै‌ं–  पूर्वप्रधानमन्त्री तथा माओवादी सशस्त्र युद्धका एक नेतृत्वकर्ता डा. बाबुराम भट्टराईले सशस्त्र युद्धमा मारिनेको संख्या १७ हजारमा १ बढी हुनुपर्थ्याे भन्ने आशयको विवादास्पद अभिव्यक्ति दिएका छन् । आफ्नो एक ट्विटमा कमेन्ट गर्ने आर्जन अधिकारीलाई जवाफ दिँदै डा. भट्टराईले '१७००० मा प्लस एक हुनुपर्ने रहेछ' भनेका हुन् । 

खासमा, डा. भट्टराईले विश्व र नेपालको विकास तथा समृद्धिको बाटोबारे नोबेल पुरस्कार विजेता जोसेफ स्टिग्लिट्जसँग वहस सुरु गरेको जानकारी दिँदै ‘प्रगतिशील पुँजीवाद कि समुन्नत समाजवाद उपयुक्त होला ?’ भन्ने विषयमा विचारमन्थनका लागि ट्विट गरेका थिए । विचारमन्थनमा सक्रिय सहभागी हुन उनले ट्विटर प्रयोगकर्तालाई खुला आह्वान गरेका थिए । 

कमेन्टमा आर्जनले लेखिदिए, ‘१७०००’ । सायद उनले बाबुरामलाई युद्धमा १७०० जनता मारेर तत्कालीन माओवादीको धार छोडी नयाँ शिराको राजनीतिमा लागेकोमा व्यंग्य गरेका थिए । या त, उनको आशय ‘तिमीहरुले मान्छे मार्ने मात्रै हो, देश बनाउन सक्दैनौँ’ भन्ने थियो सायद । 

जे होस्, यसले बाबुरामको ‘इगो हर्ट’ भयो पक्कै । जवाफमा लेखिदिए, ‘१७००० मा प्लस एक हुनुपर्ने रहेछ है ?’



त्यो एक प्लस उनले आफैँलाई भने या आर्जनलाई, या त अरु कसैलाई । तर उनको यो अभिव्यक्तिले ट्विटर प्रयोगकर्तालाई भने नराम्ररी चिढ्यायो । यतिखेर, धरैले उनको आलोचना गरिरहेका छन् । 

‘महासय, तपाईंको दिमागी हालत त ठीक छ ?’ कमेन्टमा एक प्रयोगकर्ताले लेखेका छन्, ‘त्यो एक प्लस हुनुपर्ने भनेर यहाँ स्वयंलाई भनेको भए पनि या कमेन्ट गर्ने आर्जन अधिकारीलाई भनेको भए पनि यहाँको स्वास्थ्यमा समस्या देखिन्छ ।’ हेलो सरकारलाई मेन्सन गर्दै उनले थपेका छन्, ‘यस्ता हिंसाको अनुयायीको उचित व्यवस्थापनको आवश्यकता देखिन्छ ।’



अर्का एक प्रयोगकर्ताले यसलाई ज्यानको धम्की भन्दै डा. बाबुरामलाई कारबाही गर्न माग गरेका छन् । 

  • प्रकाशित मिति : भदौ १६, २०७६ साेमबार २१:३:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया