काठमाडौं– १८ असोजदेखि ओमान क्रिकेटको आयोजनामा हुने अन्तर्राष्ट्रिय टी–२० प्रतियोगितामा नेपाली राष्ट्रिय टिमका उपकप्तान ज्ञानेन्द्र मल्लले नखेल्ने भएका छन् ।
उनले व्यक्तिगत कारण देखाउँदै सिरिज गुमाउन लागेको बताएका छन् । यो सिरिजमा आयोजक ओमान, नेपाल, अयारल्यान्ड, हङकङ र नेदरल्यान्ड्स खेल्दै छन् ।
आइसिसी टि–२० विश्वकप छनोटअगाडि हुन लागेको यो खेलमा आइसिसीले नेपाललाई भाग लिन अनुमति दिएको छ । नेपालले आइसिसी छनोट प्रतियोगिता भने खेल्न नपाउने भएको छ ।
सिरिजमा नेपालको पहिलो खेल हङकङसँग १९ असोजमा हुँदैछ । त्यसको भोलिपल्ट नेदरल्यान्ड्ससँग दोस्रो र तेस्रो खेल २२ असोजमा आयरल्यान्ड्ससँग खेल्दैछ । ओमानसँग नेपालको खेल २३ असोजमा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।