काग्रेस केन्द्रीय समिति बैठक भ्रातृसंगठन र जागरण अभियानबारे छलफल

काठमाडौं– नेपाली कांग्रेसले आगामी भदौ २४ गतेदेखि पार्टीको दोस्रो चरणको राष्ट्रिय जागरण अभियानको कार्यक्रम गर्न लागेको छ । सोबारे जानकारी दिन कांग्रेसले बुधबार पत्रकार सम्मेलनको आयोजना गरेको छ । 

सो सम्बन्धमा मंगलबार बसेको पार्टी केन्द्रीय कार्यसमितिले आवश्यक निर्णय लिने र बुधबार अपरान्ह ३ बजे पत्रकार सम्मेलनमार्फत कार्यक्रमको घोषणा गर्ने तयारी रहेको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् ।

कार्यसमिति बैठकले म्याद सकिएका केन्द्रीय भ्रातृसंगठन र विदेशस्थित ३५ वटा जनसम्पर्क समितिको विषयमा टुंगो लगाउने कांग्रेसले जनाएको छ । प्रवक्ता शर्माले पार्टी केन्द्रीय समिति बैठक मंगलबारै सकिने र बुधबार अपराह्न ३ बजे पत्रकार सम्मेलन गरी पार्टीको निर्णय सार्वजनिक गर्ने बताए ।





  • प्रकाशित मिति : भदौ १७, २०७६ मंगलबार १८:२०:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया