गर्मी बिदापछि स्कुल खुलेकै दिन चीनमा ८ बालबालिका मारिए

बेइजिङ– चीनको हुबेई प्रान्तमा एक प्राथमिक स्कुलअगाडि भएको आक्रमणमा ८ स्कुले बालबालिका मारिएका छन् । गर्मी बिदापछि स्कुल खुलेको पहिलो दिनमै यो आक्रमण भएको हो । 

चिनियाँ प्रहरीले एक ४० वर्षे आक्रमणकारी पक्राउ परेको बताएको छ । ती बालबालिका कसरी मारिए र आक्रमणकारीको उद्देश्य के थियो भन्ने भने खुलाइएको छैन । आक्रमणमा परेका बालबालिकाको उमेर ६ देखि १३ वर्षका बीच रहेको बताइएको छ । 

चीनमा पछिल्ला वर्ष स्कुले बालबालिकामाथि आक्रमणका समाचार आइरहेका छन् । गतवर्ष अप्रिलमा उत्तरी चीनको साङ्सी प्रान्तमा एक माध्यमिक स्कुलबाट घर फर्किरहेका ९ बालबालिकाको हत्या भएको थियो । सोही स्कुलका एक २८ वर्षे पूर्वविद्यार्थी आक्रमणका दोषी ठहरिएका थिए । 





  • प्रकाशित मिति : भदौ १७, २०७६ मंगलबार १९:६:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया