जिल्ला अदालतकाे आदेशविरुद्ध रवि उच्च अदालतमा

काठमाडाैं– पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणपछि चितवन जिल्ला अदालतको आदेश बदर गर्न माग गर्दै टिभी कार्यक्रम प्रस्ताेता रवि लामिछाने र युवराज कँडेलले उच्च अदालतमा निवेदन दर्ता गरेका छन् ।

पत्रकार शालिकराम पुडासैनीको आत्महत्याका लागि दुरुत्साहन गरेको अभियोगमा लामिछानेलाई ५ लाख र कँडेललाई ३ लाख रुपैयाँ धरौटीमा रिहा हुने अदालतले दिएको आदेश बदर गर्न माग गर्दै मंगलबार उनीहरुले निवेदन दर्ता गरेका हुन् । लामिछाने र कँडेलले निवेदनमा शंकास्पद भिडियोलाई वस्तुनिष्ट प्रमाणका रुपमा लिएर आदेश गरिएको र शर्तसहितको थुनछेक आदेशद्वारा धरौटी मागिएको विषय मुख्य रुपमा उठाएका छन् । 

निवेदनमा चितवन जिल्ला अदालतबाट ९ भदौमा भएको आदेश बदर गरी साधारण तारेखमा रही मुद्दा पुर्पक्ष गरिपाऊँ भनी उल्लेख गरिएको छ । निवेदन उपर अदालतले बुधबार पेसी चढाउने भएकाे छ । 

 

यस्ताे आएकाे थियाे चितवन अदालतकाे आदेश

पत्रकार शालिकराम पुडासैनीको आत्महत्याको लागि दुरुत्साहन गरेको अभियोगमा चितवन जिल्ला अदालतले भदौ ९ मा ३ आरोपितविरुद्ध आदेश जारी गरेको थियो । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले गरेको आदेशअनुसार आत्महत्या दुरुत्साहन मुद्दाका आरोपित लामिछानेसँग ५ लाख, कँडेलसँग ३ लाख र रुकु भनिने अस्मिता कार्कीलाई साधारण तारखेमा छाड्ने आदेश दिएको थियो ।



अदालतले यतिमात्र हाेइन यस विषयमा सार्वजनिक रुपमा रवि बाेल्न नपाउने, अदालतकाे अनुमति नलिइ विदेश जान नपाउनेलगायतका शर्त पनि राखेकाे थियाे ।



  • प्रकाशित मिति : भदौ १७, २०७६ मंगलबार २१:११:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया