बेलायतमा बोरिस जोन्सनको सरकार अल्पमतमा !

एजेन्सी– कन्जर्भेटिभ पार्टीका सांसद् फिलिप लीले लिबरल डेमोक्रेट्सको साथ छोडेपछि बेलायती सरकार अल्पमतमा परेको छ । उनको यो कदम निकै महत्वपूर्ण मानिएको छ किनकी संसदमा प्रधानमन्त्री बोरिस जोन्सन र अन्य विपक्षीहरु इयुबाट बेलायत बाहिरिने विषय (ब्रेक्जिट)मा छलफल गर्दैछन् । 

ब्राकनेलका सांसद् डा. लीले हाउस अफ कमन्समा प्रधानमन्त्री बोरिस जोन्सनले आफ्नो धारणा राख्न लागेलगत्तै गएर प्रतिपक्षी बस्ने सिटमा बसेका थिए । उनले लिबरट डेमोक्रेट्सलाई छोड्नु भनेको अब प्रधानमन्त्री बोरिससँग बहुमत छैन । 

‘सरकारले ब्रेक्जिटलाई निकै बेवास्ता गरेको छ र यसले मानिसहरुको जीवनलाई समस्यामा पारेको छ,’ उनले भनेका छन् । 

बेलायती प्रधानमन्त्री जोन्सनले ३१ अक्टोबरमा युरोपेली युनियन छोडिसक्ने बताएका छन् । ३१ अक्टोबरसम्म कुनै सम्झौता भए पनि नभए पनि उनले इयु छाड्ने बताएका हुन् । 

‘म खासमा एउटा सम्झौता तथा सर्तसहितको बर्हिगमन चाहन्छु,’ जोन्सनले भनेका छन्, ‘म सोमबार यसबारे छलफल गर्न डब्लिन जाँदैछु ।’





  • प्रकाशित मिति : भदौ १७, २०७६ मंगलबार २१:५६:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया