सन्ताेष लामाकाे नयाँ गीत 'फेरि फेरि'

काठमाडौं– केही समय यता गायक सन्तोष लामाका गीतहरुले राम्रै चर्चा बटुलेका छन् । उनले टिकटककी सेलेब्रिटी अमिता गुरुङलाई म्युजिक भिडियोमा खेलाएको गीत ‘मंसिर’ त युट्युबमा हिट नै भयो । 

नेपाली गायन रियालिटी सो नेपाली ताराको दोस्रो श्रृङ्खला जितेपछि सांगितिक बजारमा राम्रो चर्चा बटुलेका तिनै सन्तोष लामा नयाँ गीत लिएर आएका छन् । 

उनको नयाँ गीतको म्युजिक भिडियो मंगलबार उनकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हाे । 

यो गीतमा संगीत पनि सन्तोष लामा आफैंले गरेका हुन् । सन्तोषले स्वर दिएको यो गीतका शब्द चाहिँ डिबी मोक्तानले लेखेका हुन् । 

प्रेमिकासँगको छुटेपछिका प्रेमीका भावना समेटिएको यो ट्र्याजिक गीतको म्युजिक भिडियो चाहिँ नवीन बाबु गुरुङले निर्देशन गरेका हुन् ।

युट्युबमा हालेको केही समयमा नै यो गीतको म्युजिक भिडियोले निकै प्रशंसा पाएको छ ।अधिकांश स्राेताहरुले सन्ताेषकाे स्वर, गीतका शब्द र मेलाेडी मन परेकाे प्रतिक्रिया दिएका छन् । 



म्युजिक भिडियोमा चाहिँ सन्तोष लामा, रेखा लिम्बु, गौरव मोक्तानलगायतल अभिनय गरेका छन् । 

हेर्नुहोस् भिडियोः 
 



  • प्रकाशित मिति : भदौ १७, २०७६ मंगलबार २३:१०:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया