एजेन्सी- सत्तारुढ दलकै केही विद्रोही सांसद र विपक्षीले बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई पराजित गरेका छन् । यो जोन्सनलाई ठूलो चुनौती हो ।
कुनै सम्झौता नगरिएको ब्रेक्जिट (युरोपेली युनियनबाट बेलायत छुट्टिने प्रक्रिया ) अस्विकार गर्ने यो बेलायती सांसद्को आवाज समर्थन गर्ने पहिलो खुड्किलो हो ।
बुधबार भएको मतदानमा ३०१ का विरुद्ध ३२८ भोट पाएर हाउस अफ कमन्सले जोन्सनलाई समस्यामा पारेको हो ।
यसको निर्णय बिहिबार हुनेछ कि इयुबाट बाहिरिन अब जनवरीसम्मको समय माग गर्ने वा नगर्ने?
अब योसँगै जोन्सनले छिट्टै आम निर्वाचन गर्ने प्रस्ताव ल्याउने अनुमान गरिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।