जब थप्पड हान्ने सिनका लागि मनिषालाई पाँच पटक रिटेक दिनुपर्यो

एजेन्सी– ठूलो पर्दामा फिल्म आएपछि हामी हेरेर आनन्दित हुन्छौँ । तर, फिल्मको सुटिङमा अनेक भइरहेको हुन्छ । जुन हामीलाई थाहा नहुन पनि सक्छ । कहिलेकांही त यस्ता घटना हुन्छन्, जसलाई हामीले अनुमान पनि गरेका हुँदैनौँ । 

पछिल्लो समय भारतीय मिडियामा एउटा यस्तै घटनाले स्पेस पाएको छ । यो घटना हो, नेपाली मूलकी बलिउड अभिनेत्री मनिषा कोइरालासँग सम्बन्धित । मनिषा कोइराला र चाहत खन्नाले काम गरिरहेको सन्जय दत्तको फिल्म ‘प्रस्थानम’मा चाहतलाई मनिषाले थप्पड हान्नु पर्ने दृश्य रहेछ । 

तर, मनिषाले ठिक समयमा चाहतलाई थप्पड हान्न सकिनन् । भारतीय मिडियामा छापिएका समाचारअनुसार यो सिन सुट गर्न मनिषालाई मानसिक रुपमा पनि तयार हुनु पर्ने थियो । त्यसैले यसका लागि पाँच पटक रिटेक लिइयो । सन्जय दत्तकी पत्नी मान्यता दत्त निर्माता रहेको यो फिल्ममा सन्जय दत्त, ज्याकी श्राफलगायतले पनि काम गरिरहेका छन् । यो २० सेप्टेम्बरमा रिलिज हुने बताइएको छ ।





  • प्रकाशित मिति : भदौ १८, २०७६ बुधबार १०:५४:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया