काठमाडाैं– केही समययता सुनकाे मूल्यमा स्थिरता देखिन सकेकाे छैन । मंगलबारभन्दा सुनकाे मूल्य बुधबार फेरि बढेकाे छ । बुधबार सुन प्रतितोला ७३ हजार ५ सयमा कारोबार भइरेहकाे छ ।
केही दिनयता सुनको मूल्यमा निरन्तर उतारचढाव हुने क्रम जारी छ। मंगलबार छापावाल सुन प्रतितोला ७२ हजार ५ सयमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघले तेजावी सुनको मूल्य ७३ हजार २ सय प्रतितोला र चाँदीको मूल्य ९ सय ४० मूल्य निर्धारण गरेको जनाएको छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।