राप्रपाका युवाहरु बुटवलमा भेला हुँदै

काठमाडाैं– राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन(राप्रयुसं)को केन्द्रिय परिषद् बैठक आगामी भाद्र २० र २१ गते रुपन्देहिको बुटवलमा हुने भएको छ ।

बुटवलस्थित बिश्व हिन्दु महासंघको सभाहलमा हुने केन्द्रिय परिषद बैठकको उद्घाटन पार्टी अध्यक्ष कमल थापाले गर्ने पार्टीका सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । परिषद् बैठकको तयारीको क्रममा संगठनको पदाधिकारी बैठकले विभिन्न जिम्मेवारी तोकेको छ ।

संगठनका अध्यक्ष प्रकाश रिमालका अनुसार कार्यक्रम उद्घाटन सत्र र बन्द सत्र गरि दुई चरणको हुने, कार्यक्रममा पार्टीको सैद्धान्तिक पक्ष र बर्तमान अवस्थामा युवाको भुमिकाको अध्यक्ष कमल थापालेले प्रस्तुति दिने कार्यक्रम रहेको छ।

त्यस्तै युवा अध्यक्ष प्रकाश रिमालबाट राजनीतिक प्रतिबेदन,महासचिब बिनोद भारतीबाट सागाठनिक प्रतिबेदन,महासचिब जगदीश राजभण्डारीबाट  बिधान सम्सोधन प्रस्ताव ,प्रबक्ता सुजित केसिबाट  युवा नीति तथा कार्यक्रम ,कोषाध्यक्ष गुणराज राजभण्डारी बाट आर्थिक प्रतिबेदन प्रस्तुत गरिने कार्यक्रम रहेको अध्यक्ष रिमालले बताए । 

साथै बैठकमा ७ वटा प्रदेश प्रमुख द्वारा आ-आफ्नो प्रदेशको प्रतिबेदन प्रस्तुत गरिने र बैठकले केन्द्रिय महाधिबेसको मिति तय गर्ने देखि समसामयिक बिषय ,गम्भीर समस्याको रुपमा रहेको युवा बेरोजगार,बिदेश पलायन सम्बन्धमा बारेमा समेत छलफल हुने बताईएको छ ।

अध्यक्ष रिमालका अनुसार राप्रयुसंको केन्द्रिय परिषद बैठक सफल पार्न राप्रपा -५ न प्रदेश प्रमुख प्रदिप उदयको समन्वयमा रुपन्देही राप्रपा जिल्ला समित,राप्रयुसं जिल्ला समिती रुपेन्देहिले विभिन्न समिती बनाइ काम प्रारम्भ गरिसकेको छ ।



त्यसैगरी कार्यक्रमलाई भब्य रूपमा सम्पन्न गर्न स्वागत समिती,प्रचार प्रसार समिती,आवास समिती ,मन्च ब्यबस्थापन समिती लगायत विभिन्न समिती बनाइ काम भैरहेको पार्टीका प्रदेश -५ का अध्यक्ष प्रदिप उदयले जानकारी दिए ।

उद्घाटन सत्रमा पार्टी अध्यक्ष कमल थापा लगायत वरिष्ठ नेता दिपक बोहरा, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र पार्टीका युबा केन्द्रिय सदस्यहरुको सहभागीता रहने संगठनका महासचिव बिनोद भारतीले बताए। उनका अनिसार देशभरबाट २५० प्रतिनिधिहरुको सहभागीता रहने छ ।



कार्यक्रममा सहभागी हुने क्रममा अध्यक्ष थापा र वरिष्ठ नेता बोहरा भोलि नै चितवन प्रस्थान गर्नुहुने र नवलपुरमा आयोजित गण्डकी प्रदेशको बैठकमा समेत सहभागी हुने सहायक महामन्त्री बर्तौलाले बताए ।

  • प्रकाशित मिति : भदौ १८, २०७६ बुधबार १२:४२:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया