सरकारको लक्ष्यअनुसार घटेनन् म्यानपावर कम्पनी

काठमाडौं– सरकारले वैदेशिक रोजगार व्यवसायमा संलग्न म्यानपावर कम्पनी घटाउने हेतुका साथ धरौटी राख्ने योजना ल्याएको थियो । यसले अहिले १५ सयको हाराहारीमा रहेका म्यानपावर कम्पनी घट्लान् भन्ने अनुमान गरिएको थियो । तर, आज (बुधबार)सम्मको अवस्थालाई हेर्दा म्यानपावर कम्पनीको संख्या उल्लेख्य रुपमा घट्ने देखिँदैन । 

सरकारले म्यानपावर कम्पनीलाई धरौटी बढाउन दिएको अन्तिम समय आज हो । 

सरकारले धरौटी वृद्धि गर्न नसक्ने म्यानपावर कम्पनीलाई मर्जरमा जाने सुविधा पनि दिएको छ । तर, मर्जरमा जाने कम्पनी खासै छैनन् । अधिकांशले वृद्धि गरेको धरौटी र बैंक ग्यारेन्टी बनाएर ल्याएका छन् । 

सरकारले एक वर्षअघि नै धरौटी बढाउने निर्णय गरेको थियो । 

यसपटक मर्जरमा जानका लागि दुई सय ७९ म्यानपावर कम्पनी तयार भएका छन् । अब यी म्यानपावरबाट १ सय २५ वटा नयाँ म्यानपावर कम्पनी बनेका छन् ।

सरकारले तोकेको अनुसार धरौटी राख्न नसक्ने म्यानपावरको दर्ता खारेज हुने व्यवस्था छ । वर्षमा तीन हजारभन्दा थोरै युवा वैदेशिक रोजगारीमा पठाउने म्यानपावरले ५० लाख नगद र साढे एक करोड रुपैयाँ बैंक ग्यारेन्टी राख्नुपर्छ । तीनदेखि पाँच हजार विदेश पठाउने म्यानपावरले एक करोड नगद र तीन करोड बैंक ग्यारेन्टी तथा वार्षिक पाँच हजार भन्दा बढी श्रमिक विदेश पठाउने म्यानपावरले दुई करोड नगद र चार करोड रुपैयाँ बैंक ग्यारेन्टी धरौटी राख्नु पर्ने नयाँ व्यवस्था गरिएको छ। यसअघि म्यानपावर सञ्चालनका लागि सात लाख नगद र २३ लाख रुपैयाँ बैंक ग्यारेन्टी राख्ने व्यवस्था गरेको थियो। 





  • प्रकाशित मिति : भदौ १८, २०७६ बुधबार १३:०:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया