काठमाडौं– दोस्रो चरणको जनजागरण अभियान सञ्चालनको तयारीमा रहेको प्रमुख विपक्षी दल नेपाली कांग्रेसले १७ बुँदे राजनीतिक प्रस्ताव पारित गर्दै सरकारविरुद्ध आन्दोलनमा जाने चेतावनी दिएको छ ।
बुधबार पत्रकार सम्मेलनमार्फत केन्द्रीय कार्यसमिति बैठकका निर्णय सार्वजनिक गर्दै कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले आफूहरूले अघि सारेका विषयमा गम्भीर हुन सरकारको ध्यानाकर्षण गराए ।
उनले भने, ‘संविधानको मर्मभावना कुल्चिने, कर्मचारी संयन्त्र तहसनहस बनाउने, संवैधानिक निकायलाई दुईतिहाइको बलमा छायामा राख्ने काम भयो भने हामी सडक र सदनमा आन्दोलनमा जान्छौँ ।’
सभामुख र उपसभामुख फरक दलबाट हुनुपर्नेलगायत संवैधानिक व्यवस्था कार्यान्वयन गर्न माग गर्दै कांग्रेसले समानुपातिक समावेशितालाई ख्याल गर्न आग्रह गरेको छ । दोस्रो चरणको जागरण अभियानका क्रममा गाउँ–गाउँमा पुग्ने र सरकारका गलत क्रियाकलापविरुद्ध एक भएर उभिने महतले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।