काठमाडौं– बैंकिङ प्रणालीको सुरक्षा सम्बन्धमा चासो बढिरहेका बेला नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम लिमिटेड (नेप्स) ले सूचना जारी गर्दै अर्को सूचना नआएसम्म एउटा बैंकको एटिएम कार्ड अर्कोमा नचल्ने बताएको छ ।
अब नेप्समा आबद्ध बैंक तथा वित्तीय संस्थाहरुको कार्ड सोही बैंकको एटिएममा मात्रै चल्ने भएको हो ।
बैंक तथा वित्तीय संस्थाहरुको लागि इलेक्ट्रोनिक भुक्तानी सेवा प्रदान गर्ने नेप्सको भिसा नेटवर्क मार्फत १८ वटा बैंकले कार्डसम्बन्धी सेवा सञ्चालन गर्दै आएका छन् । यसमा ११ वटा वाणिज्य र ७ वटा विकास बैंक छन् ।
शनिबार नेप्सको नेटवर्कभित्र रहेका बैंकको एटिएम कार्डबाट सोही नेटवर्कभित्रकै अर्को बैंकको एटिएम मेसिन प्रयोग गरी पैसा चोरी भएको थियो । चोरीमा संलग्न केही चिनियाँ नागरिक पक्राउ परे पनि मुख्य योजनाकार पत्ता लागेका छैनन् ।
नेप्सको नेटवर्कमा प्रभु, सनराइज, माछापुच्छ्रे, जनता, सिद्धार्थ, सिटिजन्स इन्टरनेसनल, एनआइसी एसिया, बैंक अफ काठमाडौं, प्राइम कमर्सियल, नेपाल बंगलादेश र ग्लोबल आइएमइ बैंक छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।