नितु सिंह: ऋषि कपुरका लागि आफ्नाे करिअरकाे बलिदानी

आज बलिउड अभिनेता ऋषि कपुरकाे ६७औँ जन्मदिन हाे । उनी अहिले अमेरिकामा क्यान्सरकाे उपचार गराइरहेका छन् । पछिल्लाे समय उनलाई भेट्न पुगेका रणवीर कपुरले उनकाे स्वास्थ्यमा सुधार आएकाे बताएका थिए । 

अमेरिकामा ऋषिलाई साथ चाहिँ नितु सिंह कपुरले दिइरहेकी  छिन् । 

नितु सिंह आफैंमा एक अभिनेत्री हुन् । एक दशकको करिअरमा केही हिट फिल्म दिइन् । उनको जोडी ऋषि कपुरसँग धेरै जमेको थियो । उनीहरूले यश चोपडाको फिल्म ‘कभी–कभी’मा सँगै काम गरे । यही फिल्मबाट उनीहरूको प्रेम सुरु भएकाे हाे । 

नितुभन्दा पहिला ऋषि पर्सियन युवती यास्मिन मेहतालाई प्रेम गर्थे । तर, बिस्तारै नितु र ऋषिको मित्रता झांगियो, जुन प्रेम हुँदै विवाहसम्म पुग्यो । ‘पहिलोपटक ऋषिसँग आरके स्टुडियोमा भेट भएको थियो । जहाँ उनको फिल्म बाबीको सुटिङ चलिरहेको थियो । तर, हाम्रो गहिरो परिचय जहरिला इन्सानको सेटमा भयो ।

मलाई पहिलोपटक उनीसँग भेट्दा त्यति राम्रो लागेको थिएन । मलाई लाग्यो कि ऊ रुखो मान्छे हो,’ नितु भन्छिन्, ‘तर, बिस्तारै दोस्ती बढ्यो र विवाहमा परिणत भयो ।’ नितुले विवाहपछि फिल्मी करिअर समाप्त गरेकी थिइन् ।

उनीहरूको विवाह १९८० जनवरी २२ मा भएको थियो । त्यही वर्ष छोरी रिद्धिमा र दुई वर्षपछि छोरा रणवीर जन्मिए । रिद्धिमा ज्वेलरी डिजाइनर हुन् भने रणवीर अहिलेका चर्चित बलिउड नायक हुन् । 





  • प्रकाशित मिति : भदौ १८, २०७६ बुधबार २०:२२:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया